युआरएल पत्रकारिता पुरस्कार पत्रकार पौडेललाई 

 

पोखरा, मंसिर ११ ।

युआरएल पत्रकारिता पुरस्कार २०७६ बाट पत्रकार सुरेन्द्र पौडेल सम्मानित हुने भएका छन् । पुरस्कारको राशि नगद १५ हजार र ताम्रपत्र रहेको छ । नेपाल पत्रकार महासंघ कास्की कार्यसमिति सदस्य पौडेल आर्थिक आवाज अर्ध साप्ताहिक र आर्थिक अभियान राष्ट्रिय दैनिकमा आवद्ध छन् ।

अग्रज पत्रकार हरि बास्तोला संयोजक र डा. नवराज पौडेल, अधिकारकर्मी रामबहादुर पौडेल, पत्रकार दीपक परियार र स्वास्थ्य पत्रकार यदुनाथ बञ्जारा रहेको छनोट समितिले पौडेललाई पुरस्कार दिने निर्णय गरेको हो ।

यसअघि यो पुरस्कारबाट ऋषि खतिवडा र यदुनाथ बञ्जारा सम्मानित भइसकेका छन् ।

गण्डकी प्रदेश कै पहिलो रेफरेन्स ल्याब युनाइटेड रेफरेन्स ल्याबोरेटरी (युआरएल)ले स्थापना गरेको यो पुरस्कार मंसिर २३ गते हुने युआरएलको छैटौं वार्षिकोत्सव समारोहमा वितरण गरिने प्रबन्ध निर्देशक ठाकुरप्रसाद पन्तले जानकारी दिए ।