यसवर्ष किताब अभाव नहुने, नपाएमा फोन गर्न जनक शिक्षाको आग्रह

काठमाण्डौँ, ३० चैत

यो वर्ष पाठ्यपुस्तको अभाव नहुने जनक शिक्षा सामग्री केन्द्रले दावी गरेको छ । अहिलेसम्म देशभर रहेका ८ वटा केन्द«बाट सबै प्रदेशको सदरमुकाममा पाठ्यपुस्तक पुगिसकेको केन्द्रका प्रवक्ता चित्र आचार्यले जानकारी दिए ।

उनँका अनुसार यो वर्षका लागि जनक शिक्षाले १ करोड ८० लाख किताब छापेको छ । अब ३ लाख पुस्तक छाप्न बाँकी रहेको उहाँले जानकारी दिए । पहाडी भेगमा ९५ प्रतिशत पाठ्यपुस्तक पुगिसकेको छ अब ५ प्रतिशत मात्र बाँकी रहेको पनि उनले बताए । तराईमा बाँकी रहेका केही ठाउँमा पनि प्रदेश सदरमुकामबाट पाठ्यपुस्तक लैजाने काम भइरहेको छ ।

नपुगेका ठाउँहरुमा भर्ना अभियान सञ्चालन हुने समयसम्म पाठ्यपुस्तक पुगिसक्ने आचार्यले दावी गरेका छन् । पाठ्यपुस्तक नपाएमा ६६२०१४० मा फोन गरेमा तुरुन्त पाठ्यपुस्तक पठाइदिने लिमिटेडले जनाएको छ ।