यसरी भयो कोहलपुरमा तनाव, विद्यार्थीलाई यसरी किचियो (Video)

कोहलपुर, मंसिर २३ ।
प्रगति सडकमा छट्पटाउँदै चिच्याएको देखेपछि विद्यालयका उनका साथिहरु गुहारमा जुटे । ट्रकले साथिलाई किचेको देखेका विद्यार्थीहरु एकाएक आक्रोशित बने ।

उनीहरु ट्रकमाथि आक्रोश पोख्न उत्रि हाले । ट्रकमा ढुङ्गा प्रहार भएपछि ट्रक छाडेर चालक फरार भए । रोकिएको त्यही ट्रकमाथि विद्यार्थीको आक्रोश पोखियो । तोडफोड र आक्रोशलाई शान्त पाबशर्न प्रहरी आइपुग्यो । प्रहरीले संयमता अपनाएर जसरी भिडलाई शान्त पार्नु पर्ने थियो प्रहरीको रवैया एकाएक दमन र कुटपिटमा बदलियो । त्यसले माहोललाई झन बढी अशान्त र आक्रोशित बनाउँदै लग्यो ।

जसलाई भेट्यो उसैलाई प्रहरीले कुटेपछि विद्यार्थी स्कुलभित्र भागेर पुगेका थिए । प्रहरीले विद्यार्थीलाई धमाउँदै विद्यालय नै प्रवेश गरेर कुटपिटमा उत्रिएपछि विद्यालयका बाँकी विद्यार्थीहरुलाई त्यो दृश्यले झनै आक्रामक बनायो । उनीहरु प्रहरीमाथि जाइ लाग्ने परिस्थिति बन्यो ।

शिक्षकहरुले पहिले प्रहरीलाई संयम हुन आग्रह गरेका थिए, तर प्रहरीले निर्मम व्यवहार देखाए पछि प्रतिकारमा उत्रिएका विद्यार्थीलाई शान्त पार्न र माहोललाई सम्हाल्न न त प्रहरीले सक्यो न त शिक्षकहरुकै बसमा रह्यो ।

२ हजार भन्दा बढी विद्यार्थी रहेको विद्यालयमा विद्यार्थीको आक्रोश बढेपछि एकाएक विद्यार्थीको ठूलो भिड प्रहरीलाई धपाउँदै सडकमा निस्कियो । त्यसपछि विद्यार्थीलाई साथ दिन आसपासका स्थानीय पनि जुट्दै जाँदा अब स्थिति नियन्त्रण बाहिर रह्यो । प्रहरी बल थपिए पनि बढ्दो भिडका अगाडि उनीहरुको जोर चलेन ।

प्रहरीले कक्षाकोठाबाटै शिक्षक इन्द्र बिसी र केही विद्यार्थीलाई समेत नियन्त्रणमा लिएको थियो । साथी र शिक्षकमाथि प्रहरीले दमन गरेपछि विद्यार्थी झनै एकाएक आक्रोशित बनेका थिए । प्लस टुका विद्यार्थीको पनि छुट्टी भएपछि उनीहरु पनि मिसिदा प्रदर्शन थप अत्तेजित बन्यो । प्रहरीलाई उनीहरूले ढुंगा हान्दै लखेटे। प्रहरीले पनि ढुंगा फर्कायो ।

स्कुले बालबालिकालाई ढुंगा नहान्न आग्रह गर्दा प्रहरीले नेपाली कांग्रेसका स्थानीय नेता कृष्ण कार्कीलाई लाठी प्रहार ग¥यो। कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष चक्र अधिकारी पनि प्रहरीको कुटपिटको शिकार भए । झन्डै तीन हजार विद्यार्थी र स्थानीयका अघि प्रहरीको जोर चलेन । आक्रोशित विद्यार्थीले प्रहरीलाई लखेटन् छोडेनन् । प्रहरी ब्याक हुँदै काहेलपुरस्थित आफ्नो कार्यालयसम्मै पुग्यो।

विद्यार्थीले बजार बन्द गराउन थाले । यातायात बन्द गराए। ट्रकका आगजनी गरे । प्रहरी कार्यालय पुगेका विद्यार्थीले ढुंगामुढा गरे । प्रहरीको क्यान्टिनमा आगजनी गरियो । त्यसक्रममा प्रहरीले झन्डै दुई दर्जन पटक हवाई फायर ग¥यो । त्यतिकै संख्यामा अश्रुग्यास हान्यो ।

३ विद्यार्थीलाई रबरको गोली लाग्यो । एक विद्यार्थीको घाँटी, अर्काको पाखुरा र अर्का विद्यार्थीलाई खुट्टामा रबरको गोली लागेको छ । प्रहरी र विद्यार्थी बीचको झडपमा परेर थप दुई बालक पनि घाइते भएका छन् । सडकमा घाइते अवस्थामा फेला परेका विशाल खड्का र भूमिसरा डाँगीलाई रेडक्रसले अस्पताल पु¥याएको थियो ।

झडपमा परी इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी हेमबहादुर शाहीसहित केही प्रहरी पनि घाइते भएका छन् । उनीहरूको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ । स्थानीयका अनुसार प्रहरीले अनावश्यक बल प्रयोग गर्न खोज्दा र संयमता नअपनाउँदा कोहलपुर दिनभर तनावग्रस्त बनेको हो । दुर्घटनालगत्तै आक्रोशित बनेका विद्यार्थीलाई सम्झाइबुझाइ शान्त पार्ने प्रयास गर्नुको सट्टा प्रहरीले अनावश्यक बल प्रयोग गरेको स्थानीयको आरोप छ ।

प्रशासनले भने विद्यार्थीसँगै स्थानीय पनि आक्रोशित भएपछि एकाएक माहोल बिग्रिएको दावी गरेको छ । घटनामाथि राजनीतिकरणको थप प्रयास गरिँदा पनि माहोल भड्किएको उसको जिकीर छ । यद्यपी, स्थानीय प्रशासनले दोषीलाई कारबाही हुने भन्दै संयमता अपनाइदिन अपिल गरेको छ ।

प्रदर्शन चर्किदै गएपछि जिल्ला प्रशासन कार्यालय बाँकेले आइतबार दिउँसो तीन बजेदेखि कोहलपुर बजार र त्यस आसपास क्षेत्रमा कर्फ्यू लगाएको छ । ट्रकको ठक्करबाट घाइते प्रगति चन्दलाई उपचारको लागि नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइएको छ ।