मौलाकाली पुग्न केवलकार बनाईने, डेढ अर्व लगानी

चितवन, जेठ ११ ।
नवलपुरमा रहेको पवित्र धार्मिक स्थल मौलाकालिका मन्दिर जान केवलकार निर्माण हुने भएको छ । गैंडाकोट नगरपालिका १ देखि मन्दिरसम्म केवलकार जोड्न लागिएको हो ।

स्थानीय साझेदार समेत समेटेर आईएमई ग्रुपका अध्यक्ष चन्द्र ढकालको समूहले डेढ अर्व लागतमा केवलकार बनाउन लागेको हो । गैंडाकोटको धारापानी टोलबाट मन्दिर नजिक रहेको हेलिप्याडसम्म केवलकार परियोजना प्रमुख ईञ्जिनीयर गोकुल साउदले जानकारी दिए ।

एक किलोमिटर दुई सय मिटर लामो केवलकारमा ६ पिल्लर र १२ वटा गोन्डोला (डब्बा) रहने छन् । सामुदायिक वनसँग २५ वर्षका लागि जग्गा भाडामा लिएर काम थालिएको हो । File Photo