मोटरसाईकलले ठक्कर दिँदा पैदलयात्रु घाईते

पोखरा, असोज १२ ।
गोरखाको १० किलोमा मोटरसाईकलको ठक्करले पैदलयात्री घाईते भएका छन् । नम्बर नखुलेको पल्सर मोटरसाईकलले ठक्कर दिँदा ७४ बर्षिय रुद्रबहाादुर कुमाल घाईते भएका हुन् ।

उनको तनहूँ स्थित छिम्केश्वरी अस्पतालमा उपचार भैरहेको छ । मोटरसाईकलको खोजी भैरहेको प्रहरीले जनाएको छ । दुर्घटना भएपछि केहीबेर प्रहरी र स्थानीय बीच झडपकै स्थिती सिर्जना भएको थियो । लामो समयसम्म गाडी आवतजावतमा समस्या भएको थियो ।