मोटरसाइकल दुर्घटनामा प्याराग्लाईडिङ पाईलटको मृत्यु

पोखरा, पुस २४ ।
पोखराको न्युरोडमा मोटरसाइकल दुर्घटन हुँदा एकजनाको मृत्यु भएको छ । ग ११ प ७६८१ नम्बरको मोटरसाइकल सोलार बत्तीको पोलमा ठोक्किँदा पोखराका प्याराग्लाइडिङ पाइलट सन्दीप सिग्देलको मृत्यु भएको प्रहरीले जनाएको छ ।
तनहूँ घर भइ हाल पोखरा न्युरोड बस्दै आएका सिग्देल टीम फाइभ प्याराग्लाइडिङमा पाईलटको रुपमा कार्यरत थिए । घटना लगत्तै प्रहरीले उनलाई उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगेको थियो । अस्पताल पुग्ने वित्तिकै उनलाई डाक्टरले मृतक घोषणा गरेको हो । तिब्र गतिका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीले जनाएको छ । सिग्देलको पोष्टमार्टम पछि मंगलबार अन्त्यष्टी गरिएको छ ।