मोटरसाइकल दुर्घटनामा पोखरामा गुरुङको मृत्यु

पोखरा, असोज २२ ।
पोखरामा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । पोखराको बुलौंदीमा भएको दुर्घटनामा स्याङजा विरुवा गाउँपालिका ८ घर भइ पोखरा २८ बस्ने २८ बर्षका दीलिप गुरुङको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारकै क्रममा गण्डकी मेडिकल कलेजमा मृत्यु भएको कास्की प्रहरी प्रबक्ता डीएसपी सुवास हमालले जानकारी दिए ।

गुरुङले चलाएको ग १६ प ५०६ नम्वरको मोटरसाइकल पोखरा महानगरपालिका–६ हल्लनचोकबाट जिरोकिमीतर्फ आउँदै गरेको अवस्थामा विहान १ः३० बजेको समयमा बुलौँदीमा सडक डिभाइडरमा ठोक्किएको थियो ।

File Photo