मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

विराटनगर, मााघ २७ ।
सुनसरीको इनरुवा नगरपालिकामा गएराति मोटरसाइकल दुर्घटना हुँदा चालक सुनसरी हरिनगरा–३ बस्ने २३ वर्षीय अमरेश कुम्वरको मृत्यु भएको छ । को ३० प २९९३ नंको मोटरसाइकल अनियन्त्रित भई इनरुवा–९ बबियामा दुर्घटना भएको थियो ।
गम्भीर घाइते भएका उनको उपचारका क्रममा उनको इनरुवा अस्पतालमा मृत्यु भएको प्रदेश नं १ प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।