मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, एक गम्भीर घाइते

कैलाली, जेठ ४ ।
कैलालीको जानकी गाउँपालिकामा शनिबार मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मुत्यु भएको छ । अर्का एक जना गम्भिर घाइते भएका छन् । गाउँपालिकाको बेलापुरमा से २ प ४२४६ नम्बरको मोटरसाईकलमा सवार बेलापुरकै ३२ वर्षीय रामनारायण चौधरीको मुत्यु भएको छ ।

मोटरसाईकल चालक २३ वर्षीय कृष्ण बम गम्भीर घाइते रहेको प्रहरीले जनाएको छ । घाइते बमको टिकापुर अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज कोहोलपुर रेफर गरिएको छ । घाइते बमको टाउँकोमा चोट लागेको छ ।