मोटरसाइकलमा सवार ५० बर्षीया महिलालाई बाघले लग्यो

बर्दिया, पुस १८ ।
बर्दिया राष्ट्रिय निकुञ्जबाट निस्कीएको बाघले मोटरसाइकलमा सवार एक बृद्धालाई आक्रमण गरि बेपत्ता बनाएको छ । शुक्रबार राति १० बजेतिर मोटरसाइकलमा छोरासँग पूर्वबाट पश्चिमतर्फ मोटरसाइकलबाट चिसापानीतर्फ जाँदै गर्दा ५० बर्षीया नन्दकली थापालाई पूवपश्चिम राजमार्गमै बाघले आक्रमण गरेको हो ।

अमा–छोरा भुरीगाउँबाट सु,प,प १००८ प, ६८०१ नम्बरको मोटरसाइकलमा त्यसतर्फ जाँदै थिए । त्यसक्रममा एक्कासी बाघले मोटरसाइकलको पछाडि रहेकी ५० बर्षकी आमालाई आक्रमण गरेर सडबाट घिसार्दै लगेको बृद्धाका छोरा मोटरसाइकल चालक सन्तोष थापाले बताए ।

सन्तोषले आमालाई सडबाट घिसार्दै लैजाँदा कराउदा हल्ला गर्दापनि नछोडेको प्रहरीमा बताएको प्रहरीले बताएको छ । मोटरसाइकल स्लो भएको बेला बाघले आमालाई आक्रमण गरि लगेको सन्तोषले प्रहरीलाई बताएका थिए । उनी भने अताल्लिदै भागेर निकुञ्जको कर्मचारीकामा राति नै पुगेका थिए ।

अहिले नन्दकलीको खोजीका लागि नेपाली सेना र नेपाली प्रहरीको टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । यद्यपि अहिलेसम्म नन्दकलीको अवस्था अज्ञात रहेको प्रहरीको भनाइ छ । न्युज २४ टिभी