मेसी पेनाल्टीमा चुकेपछि …

एजेन्सी, माघ ४ ।
स्पेनिस महारथी क्लब बार्सिलोना पाँच महिनादेखिको अपराजीत यात्रा टुंगिएको छ । बार्सिलोनालाई कोपा डेल रे फुटबल प्रतियोगिताअन्तर्गत क्वार्टरफाइनलको पहिलो लेगमा इस्पान्योलले १–० ले पराजित गरेको हो । बार्सिलोनाले गत अगस्टमपछि पहिलो पटक पराजय भोगेको हो । अगस्टमा स्पेनिस सुपर कपमा रियल म्याड्रिडसँग २–० ले पराजित भए यता बार्सिलोना अपराजित थियो ।
बुधबार राति बार्सिलोनालाई पराजित गर्ने क्रममा इस्पान्योलका ओस्कार मेलेन्डोले खेल सकिन २ मिनेट बाँकी छदा गोल गरेका थिए । उनले मार्क नाभारोको क्रसमा गोल गरेका थिए । त्यसअघि खेलको ६२ मिनेटमा बार्सिलोनाले प्राप्त पेनाल्टीलाई सदुपयोग गर्न सकेन । सर्जि रोबर्टोलाई फल गरेपछि प्राप्त पेनाल्टीमा स्टार खेलाडी लिओनल मेसीको प्रहारलाई इस्पान्योलका गोलकिपर डिएगो लोपेजले विफल पारे ।
क्वार्टफाइनलको दोस्रो लेग बार्सिलोनाको घरेलु मैदानमा आगामी २५ जनावरीमा हुनेछ । प्रतियोगिताको अन्य खेलमा सेभिल्लाले एट्लेटिको म्याड्रिडलाई २–१ ले हराएको छ भने भ्यालेन्सियाले एलाभेसलाई पनि २–१ ले नै पराजित गर्यो ।