मेयरका छोराले कुटे सर्वसाधारणलाई, कुटपिट गर्ने निखिल पक्राउ

कैलाली, कार्तिक १४ ।
कुटपिटको आरोपमा जिल्ला प्रहरी कार्यालय कैलालीले २० वर्षीय निखिल ओडलाई पक्राउ गरेको छ । धनगढी उपमहानगरपालिका ५ का २० वर्षीय पारस जोशीलाई ईटा प्रहार गरी घाइते बनाएपछि उनलाई पक्राउ गरिएको कैलालीका प्रहरी नायब उपरीक्षक (डीएसपी) दक्षकुमार बस्नेतले जानकारी दिए ।

घाइते जोशीको धनगढीको निसर्ग अस्पतालमा उपचार भैरहेको छ । जोशीको निधारमा चोट लागेको छ । पक्राउ परेका ओड धनगढी उपमहानगरपालिकाका मेयर नृपबहादुर ओडका छोरा हुन् ।