मृत भेटिएकी श्रेयाको पोष्टमार्टम, रिपोर्ट आउन बाँकी

पोखरा, असोज ९ ।
मंगलबार विहान मृत भेटिएकी पुम्दीभुम्दीकी श्रेया विकको पोष्टमार्टम गरिएको छ । दिउँसो पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उनको पोष्टमार्टम गरिएको हो ।

पोष्टमार्टमको रिपोर्ट आउन बाँकी छ । यद्यपी स्थानीय अगुवाहरु यसलाई हत्या नै भएको बताउँछन् । अगुवा राजु क्षेत्रीले बालिकाको हत्या भएको बताए ।

‘ढुंगाले टाउको छात्ति सबैतिर हानेको देखिन्छ । नजिकै रगताम्य भएको ढुंगा थियो, घटनास्थल पुगेका उनी भन्छन्–दुई तीनवटा बिषयमा आशंका छ । पोष्टमार्टम रिपोर्टले केही देखाउला ।’ केहिले बलात्कार आशंका गरेका छन् भने केहीले चाहीँ पारिवारिक रिसिईवीका कारण बालिकाको हत्या भएको हुन सक्ने अनुमान गरेका छन् ।

प्रहरीले अनुसन्धान थालिसकेको छ । केहीबेरमा रिपोर्ट आउने अस्पतालले जनाएको छ । १० बर्षिया बालिका सोमबार साँझ मिठाई किन्न पसल गएकी थिईन् । घर नफर्किएपछि परिवारले खोजी गरे । तर भेटेनन् ।

श्रेयाको मंगलबार विहान घर नजिकै शव भेटियो । अहिले परिवार शोकमा छ । हत्याको प्रकृति हेर्दा बलात्कार भन्दा पनि रिसिईवी साटेको जस्तो देखिन्छ । दृष्य हेर्दा निकै क्रुरता पुर्वक हत्या गरिएको देखिन्छ ।