मुहम्मद जयन्ती र बक्र इदमा सार्वजनिक विदा दिन मुस्लिम आयोगको सिफारिस

 

काठमाडौं, कार्तिक २२ ।

मुस्लिम आयोगले महुम्मद जयन्तीका अवसरमा कार्तिक २४ गते सार्वजनिक विदा दिन सरकारलाई सिफारिस गरेको छ ।

आयोगका अध्यक्ष समिम मिया अन्सारीले गृहमन्त्री रामबहादुर थापा बादललाई भेटेर मुस्लिम समुदायका दुई पर्व बक्र इद र मुहम्मद जयन्तीमा विदवा घोषणा गर्न सिफारिस गरेका हुन् ।

यस वर्षको मुहम्मद जयन्ती दिवस कार्तिक २४ गते परेको छ । यसअघिका सरकारले इद र बक्र इदको बिदा पनि मुस्लिम समुदायलाई मात्र कायम गरेकोमा यो सरकार आएपछि इद विदालाई राष्ट्रिय सार्वजनिक विदाको रुपमा पुनस्थापित गरेको आयोगले जनाएको छ ।

मुस्लिम सुमदायसँगको सम्झौतामै इद, बक्र इद र मुहम्मद जयन्तीलाई बिदा घोषणा गरिने भनिएकाले बक्र इद तथा मुहम्मद जयन्तीमा राष्ट्रिय सार्वजनिक बिदा दिन आयोगले सिफारिस गरेको छ ।
(अनलाइनखबरबाट साभार)