मुख्यमन्त्री पोखरेलले भनेः मेरो नियुक्ती नियमसंगत छ

पोखरा, बैशाख २० ।
लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री शंकर पोखरेलले आफ्नो नियुक्ती नियमसँगत भएको दावी गरेका छन् । आइतबार विहान राजीनामा दिएका उनले पुनः बहुमत सांसदको हस्ताक्षर लिएर नियुक्तीका लागि प्रदेश प्रमुखलाई पत्र दिएका थिए ।

सोही हस्ताक्षर हेरेर प्रदेश प्रमुख धर्मनाथ यादवले उनलाई मुख्यमन्त्रीमा पुनः नियुक्ती गरिदिए । तर विपक्षीले भने आफुहरुसँग बहुमत भएकोले यो नियुक्ती बदर गर्न माग गर्दै प्रदर्शन गरेका थिए । विपक्षीको विरोधकै बीच यादवले पोखरेललाई सपथ खुवाए ।

अहिले त्यहाँको राजनीतिक अवस्था निकै जटिल मोडमा पुगेको छ । सोमबार विहान सामाजिक सञ्जाल फेसबुक मार्फत् मुख्यमन्त्री पोखरेलले आफ्नो नियुक्ती सही भएको उल्लेख गरे । ८१ सांसद मध्ये १ जनाले राजीनामा दिएका छन् भने तीन जनाले पोखरेलको साथ छोडेका छन् ।

पोखरेलले आफ्नो पक्षमा ४१ सांसदको हस्ताक्षर गराएका थिए । ४ जनाले छोडेपछि उनी अल्पमतमा परिसकेका छन् ।