मुख्यमन्त्रीलाई गुनासो ‐ डेंगु टोली पानी मात्र पोखेर गयो

पोखरा, असोज १ ।
डेंगु रोगको संक्रमण अहिले भयवह रुपमा फैलिदो छ । रोगकै कारण जनता त्रसित छन् भने सरकारले यसलाई नियन्त्रणका लागि पहल गरिरहेको बताएको छ । गण्डकी प्रदेशमा करिब १५ सयको हराहारीमा संक्रमित भएको अनुमान छ, यो क्रम बढ्दो छ । यसरी डेंगु रोग फैलिदै गर्दा यसको नियन्त्रणमा खटिएका कर्मचारीहरुले भने लपारवाही गरेको गुनासो मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ समक्ष पुगेको छ ।

प्रदेश सरकारले सञ्चालन गरेको हेलो मुख्यमन्त्री कार्यक्रममा पोखराका गोविन्द रिजालले गुनासो गर्दै दिनदिनै फैलिरहेको रोग नियन्त्रणका लागि आएको अनुगमन टोलीले आफ्नो घरमा गरेको व्यवहारको बारेमा गुनासो गरेका थिए । उनले गत शनिबार आफ्नो घरमा आएको टोलीले बाल्टीको पानी खन्याएको तर न्यूनीकरण र बच्ने उपायबारे केही सल्लाह सुझाव नै नदिएको बताए ।

‘तपाईको घरमा लर्भा भेटियो भन्दै बाल्टीको पानी खन्याए’ उनले भने ‘तर न्यूनीकरण र यसबाट बच्ने उपायको बारेमा केही नभनी गए ।’ पोखरा महानगरपालिकाको वडा न. १७ घारीपाटनमा खटिएको टोलीले गत शनिबार यस्तो व्यवहार गरेको रिजालको भनाई थियो । उनले प्रदेशले रोग नियन्त्रणका लागि छुट्याएको बजेटका प्रभावकारी कार्यन्वयन नभएको भन्दै मुख्यमन्त्रीको ध्यानाकर्षण समेत गराए ।

जवाफमा मुख्यमन्त्री गुरुङले डेंगु रोग विरुद्ध प्रदेश सरकार गंम्भीर रहेको बतााए । उनले सम्वन्धित मन्त्री र सचिवलाई डेंगु विरुद्धको काम थप प्रभावकारी बनाउन २ दिन अघि मात्र निर्देशन दिएको जानकारी गराउदै पोखरामा उपत्यका थप कार्यक्रम आउने बताए । पोखराका प्रत्येक टोल विकास सस्था र विभिन्न आमा समुह तथा क्लबहरुलाई पनि डेंगु विरुद्ध परिचालन गर्ने योजनामा प्रदेश सरकार रहेको बताए ।

प्रदेश सरकारले यसअघि नै डेंगु नियन्त्रणका लागि भन्दै २१ लाख रुपैया प्रदेश स्वास्थ्य निर्देशालयलाई उपलब्ध गराइसकेको छ । सोही अनुसार हाल मनाङ, मुस्ताङ र कास्की बाहेकको जिल्ला टोली परिचालन गरिएको छ । कास्कीमा भने निर्देशालयले माइकिङ गर्ने र वडा वडामा टोली खटाएर खोज र नष्ट गर अभियान चलाइरहेको बताएको छ । तर डेंगु रोगबाट संक्रमण हुनेको सख्या घट्नुको सट्टा बढ्न थालेपछि यसको प्रभावकारितामाथि प्रश्न उठिरहेको छ ।

गाँउपालिका ले कर उठाउन सकेन

मगलबारै कार्यक्रममा तनहु“ देवघाटका शिव अधिकारीले गुनासो गर्दै गाउपालिकाले कर संकलन गर्न नसकेको विषयमा गुनासो गरे । देवघाट गाउपालिकाले व्यापारमा लगाएको कर व्यापारीले नतिरेको र गाउपालिकाले यसमा चासो नदेखाएको भन्दै मुख्यमन्त्रीको ध्यानाकर्षण गराए । जवाफमा मुख्यमन्त्री गुरुङले आफुले गाउपालिका अध्यक्ष दुर्गा बहादुर थापासंग यसबारेमा जानकारी लिने र राजश्व उठाउने कामलाई कमी हुन नदिने बताए ।

यसैगरि स्याङजा भीरकोटबाट मोहोन गुरुङले ५० लाख सम्मको विकास योजना उपभोक्ता समितिमार्फत गराउने नियम संसोधन नगर्न सुझाव दिए । जवाफमा मुख्यमन्त्रीले नियम संसोधन नगर्ने तर प्रभावकारी अनुगमनको तयारी सरकारले गरिरहेको बताएका थिए । मंगलबार अन्य गुनासोकर्ताले तनहु“को व्यास सडक खण्ड मर्मत, रुपाताल जग्गामा लालपुर्जा नभएकाहरुको मुआब्जा विषयमा समास्या रहेको भन्दै मुख्यमन्त्रीको ध्यानाकर्षण गराए ।