मुक्तिनाथबाट फर्किएको गाडी पोखरामा पल्टियो, ८ जना घाईते

पोखरा, मंसिर १३ ।
पोखरामा ल्याण्ड क्रुजर गाडी पल्टिँदा ८ जना घाईते भएका छन् । घाईते मध्ये २ जनाको अवस्था गम्भीर छ । मुक्तिनाथबाट फर्किएको गाडी तनहूँ जाने क्रममा तल्लो गगन गौडामा दुर्घटना भएको हो । बा ३ च ३०८० नम्बरको ल्याण्ड क्रुजर तीब्र गतिमा रहेका कारण दुर्घटना भएको बताईएको छ ।

घाईतेहरुको पोखरा स्थित मेट्रोसिटी अस्पतालमा उपचार भैरहेको छ । तीब्र्र गतिमै रहेको बेला अकस्मात ब्रेक लाउँदा पल्टिएको प्रहरीले जनाएको छ । गाडी सडकबाट १ सय मिटर पर उछिट्टिएको इलाका प्रहरी कार्यालय डाडाको नाकका प्रहरी सहायक निरीक्षक सुदीपराज भण्डारीले जानकारी दिए ।