मिस पोखराको उपाधि सारा बजिमयलाई

पोखरा, असोज २१ ।
दशौं संस्करणको मिस पोखराको उपाधी पोखराकी सारा बजिमयले जितेकी छिन् । जेसिज पोखराले आयोजना गरेको प्रतियोगितामा १७ प्रतिश्पर्धीलाई पछि पार्दै बजिमयले ताज पहिरिएकी हुन् । उनले उपाधिसँगै स्कुटर सहित नगद ५० हजार रुपैयाँ जितेकी छिन् । बजिमयलाई अष्ट्रेलिया भ्रमणको अफर समेत छ । यस्तै मिस नेपालमा सहभागी हुन पाउनेछिन् ।

प्रतियोगीतामा सुजिता केसी फस्ट रनरअप भईन् । उनले उपाधिसँगै ३० हजार रुपैयाँ सहित आकर्षक उपहार पाईन् । मिनाश्री शर्मा सेकेन्ड रनरअप बनेकी छन् । उनले नगद २० हजार रुपैयाँ र अन्य पुरस्कार जितेकी छिन् ।

कोशेली हेल्थ तेलको प्रस्तुतिमा हिमाअस ‘मिस पोखरा २०१८’ मा अन्य प्रतिस्पर्धीले टाईटल पुरस्कार पाएका छन् ।