माल्टाका प्रख्यात व्यबसायी पत्रकार हत्या आरोपमा पक्राउ

 

एजेन्सी, मंसिर १५ ।

पत्रकारको हत्या आरोपमा पक्राउ परेका माल्टाका प्रख्यात व्यवसायी योर्गेन फेनेचलाई माल्टाको भेल्टा अदालतमा पेश गरिएको छ ।

माल्टाका अनसुन्धानमा सक्रिय रहेका पत्रकार डाफ्ने कारुखाना गालिजियाको हत्या आरोपमा पक्राउ परेका योर्गेनलाई अदालत उपस्थित गराइँदा पत्रकार कारुखानाका परिवारजन लगायत सयौं समर्थकहरु अदालत परिसर पुगेका थिए ।

योर्गेन फेनेचले भने आफूमाथिको आरोप अस्वीकार गरेको छ । सोही हत्या काण्डमा उनीसहित अन्य चार जना आपाराधिक समूहका व्यक्तिहरु पनि पक्राउ परेका छन् ।

पत्रकार कारुखाना हत्याकाण्डको विरुद्ध भएको बिरोध प्रदर्शनले माल्टा तनावग्रस्त बनेको थियो । प्रधानमन्त्री जोसेफ मस्कटको राजीनामा माग सहितको प्रदर्शन हुन थालेपछि योर्गेनलाई पक्राउ गरिएको हो ।

हत्या काण्डकै घटनामा माल्टाका पर्यटनमन्त्री कोनराड मिज्जीले राजीनामा दिइसकेका छन् ।