मालपोत र नापी कार्यालयबाट ६ दलाल पक्राउ

पोखरा, चैत २७ ।
कास्कीको मालपोत र नापी कार्यालय परिसरबाट ६ जना विचौलिया पक्राउ परेका छन् । कास्की प्रहरीले मालपोत र नापी कार्यालय परिसरमा दलाली गर्दै गरेका ६ जनालाई पक्राउ गरेको हो ।

मालपोत र नापी कार्यालयबाट हुने दैनिक कामकाजमा सजिलो गरिदिन्छु भनि सेवाग्राहीलाई भ्रममा पारेर मोलमोलाई गरिरहेको अवस्थामा पक्राउ गरिएको कास्की प्रहरीका प्रमुख एसपी अशोक सिंहले जानकारी दिए । सादा पोसाकका प्रहरी खटाएर उनीहरुलाई पक्राउ गरिएको हो ।

काम गर्न सजिलो पारिदिन्छु भनि ठगी गर्न खोज्ने दलालहरुलाई सादा पोशाकका प्रहरीले पक्राउ गरेका हुन् ।

थप अनुसन्धान चलिरहेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा पोखरा २१ का शिव गुरुङ, पोखरा १ बगरका देबेन्द्र तझ्या, स्यांङजा पुतलिबजार नगरपालिका घर ६ भई पोखरा १७ छोरेपाटन बस्ने सहदेव सुवेदी, पोखरा ३१ बेगनासतालका मनोज तिवारी, तनहुँ भानु ८ घर भई हाल पोखरा ५ बस्ने बिश्रुत ढकाल र पोखरा ६ का विष्णु कँडेल छन् ।