मायाजालमा फसेपछि मन्त्री पद चैट

धनगढी, कार्तिक ३० ।
सुदुरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्रीबाट बर्खास्त गरिएका दीर्घ सोडारीलाई नेकपाले साधारण सदस्य पनि नरहने गरी निष्कासन गरेको छ । नेकपाका स्थानीय नेताहरुको अनुसार, उनी लामो समयदेखि धनगढीकै एक महिलासँग प्रेम सम्बन्धमा थिए ।

त्यो स्थानीय नेता र कार्यकर्ताहरुलाई पनि पहिल्यैदेखि जानकारी थियो । यही विषय उनकी श्रीमतीले थाहा पाएपछि पटक—पटक विवाद पनि हुँदै आएको थियो । तर, पछिल्लो समय उनीहरुको सम्बन्ध बिग्रिएको नेकपा कार्यकर्ताहरुको भनाई छ ।, आजको नयाँ पत्रिकामा यो खबर छ ।

यसमा नेकपाभित्रको गुटगत राजनीतिले थप विवाद बढाएको स्थानीय नेता बताउँछन् । उनीहरुको अनुसार सोडारीले फोन गरेको र उनकी श्रीमतीले ती महिलालाई फोनमै गाली गरेको रेकर्ड केन्द्रसम्म पुगेको हो ।