मापदण्ड मिच्नेलाई प्रधानमन्त्रीकै साथ ! पोखरामा मापदण्ड मिचेर बनाएको होटल ओलीले उद्घाटन गर्ने

पोखरा, जेठ १७ ।
पोखराको लेकसाइड स्थित मापदण्ड विपरित निर्माण गरिएको स्विस इन्टरनेश्नल होटल सरोवरको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्दैछन् । महानगरको मापदण्ड विपरित भवन बनाएर होटल सञ्चालन गर्न लागिएको हो ।

सोही होटलको प्रधानमन्त्री ओलीले शनिवार उद्घान गर्ने कार्यक्रम तय भएको छ । मापदण्ड अनुसार पोखरामा साढे तीन तला भन्दा अग्लो भवन बनाउन पाईंदैन । तर मापदण्डलाई वेवास्ता गर्दै १० तले भवन बनाईएको छ ।

महानगरको मापदण्ड निर्धारण सिफारिस समितिको संयोजक समेत रहेका ईञ्जिनियर भरत पहारीले भवन निर्माण गरेका हुन् । महानगरपालिकाको मापदण्ड विपरित स्थापना भएको होटलमा प्रधानमन्त्रीले उद्घाटन गर्ने कुरा बाहिर आएसँगै स्थानीयहरु मापदण्ड मिच्नेलाई सरकार प्रमुख (प्रधानमन्त्री) ले नै साथ दिनु उचित नभएको भन्दै गुनासो गर्न थालेका छन् । अहिले सामाजिक सञ्जालमा ब्यापक विरोध भैरहेको छ ।