मानहानी काण्ड–गोविन्द केसी छुटे, उल्टै फसे प्रधानन्यायधिस

काठमाण्डौं, पुस २६ ।
सर्वोच्च अदालतलाई अदालतको मानहानी मुद्दामा पक्राउ परेका डा. गोविन्द केसीलाई वकिलको जिम्मामा छाड्न आदेश दिएको छ । न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र वमकुमार श्रेष्ठको संयुक्त इजलासले यो आदेश दिएको हो । सर्वोच्चको आदेशमा डा. केसीलाई सोमबार साँझ अनसनस्थलबाटै पक्राउ गरिएको थियो । मंगलबार बयान लिइएको थियो भने आज बुधबार बहस भएको छ ।
ऋदालतले प्रधानन्यायधिस गोपाल पराजुलीको नागरिकता पेस गर्न निर्देशन पनि गरेको छ । अदालतको अवहेलना मुद्दा खेपिरहेका डा. गोविन्द केसीले आफूलाई न्याय दिने हो भने प्रधानन्यायाधीश गोपाल पराजुलीमाथि छानविन गर्न आग्रह गरेका छन् । उनले ‘मेरो मुख हेर्नु पर्दैन, मेरो कुनै याचना पनि छैन । हिरासतमै राखे पनि राख्नुुस्’ भनेका छन् ।
डा. केसीको तर्फबाट बहस गरेका अधिवक्ता यज्ञमणि न्यौपानेले भने, ‘मेरो मायाले छाड्नु पर्दैन । जहिलेसम्म उनले राजीनामा गर्दैन वा हटाइँदैन वा उनीमाथि छानविन हुँदैन, तबसम्म अनसन बस्छु, जेलमा भएपनि अनसन बस्छु भन्नु भएको छ ।’