माछापुच्छ्रे कप पोखरा ओपन टेनिस जारी

पोखरा, पुस ११ ।
कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरामा १५ औं माछापुच्छ्रे बैक पोखरा ओपन भेट्रान्स टेनिस प्रतियोगितामा जारी छ । प्रतियोतिगा अन्र्तगत मंगलबार ३५ र ४५ वर्ष माथि प्रि क्वाटरफाइनलका खेलहरु सम्पन्न भएका छन् । मंगलबार भएको ३५ वर्ष माथिको खेलमा कमल भण्डारीले शंकर कार्कीलाई ६–०, ६–१ ले, रोहित सुनुवारले डा. देव थापालाई ६–०, ६–१ ले, राजन पौडेलले बिरेन्द्र लामालाई ६–३, ६–१ ले, श्रीराम मगरले शिवलाल सुवेदीलाई ६–१, ६–१ ले तथा राजु श्रेष्ठले नविन श्रेष्ठलाई ६–१, ६–२ ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनाए । यसअघि आ–आफ्नों खेलमा जित हाँसिल गर्दै राजन बिजुक्छे, निरज थापा, र प्रकाश वाग्लेले पनि क्वाटरफाइनमा स्थान बनाएका थिए ।
प्रतियोगिता अन्र्तगत ४५ वर्ष माथिको खेलमा विकाश गुरुङ्गले राजु गुरुङ्गलाई ६–१, ६–३ ले, बिमल गुरुङ्गले सूर्य शाहिलाई ६–०, ६–४ ले, अमृत कार्कीले सुनिल श्रेष्ठलाई ६–१, ६–२ ले, राजु श्रेष्ठ काठमाण्डौले पदम गुरुङ्गलाई ६–१, ६–१ ले, आशिष सिग्देलले धर्म कोइरालालाई ६–१, ६–१ ले, अनुज बाँस्तोलाले उत्तम बोगटीलाई ६–२, ६–३ ले, शिव सेंढाइले सूर्य भुजेललाई ६–१, ६–४ ले तथा धरमबहादुर लामिछानेले दिनेश तुलाधरलाई ६–२, ६–४ ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनाए । ३५ वर्ष माथि डबल्सतर्फ क्वाटर फाइनलका खेलहरु सकिएका छन् । श्रीराम मगर र राजकुमार घिमिरेको जोडीले अनु जोन र दोर्जे लामाको जोडीलाई ७–५, ६–१ मा, अशोक सिंह र कमल भण्डारीको जोडीले लोक गुरुङ्ग र राजन पौडेलको जोडीलाई ६–१, ६–२ मा, हिमाल शाह र राजु क्षेत्रीको जोडीले रोहित सुनुवार र निरज थापाको जोडीलाई प्रतिस्पर्धात्म खेलमा ६–२, ६–७ र सुपरटाईमा १०–१ ले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरे ।
४५ वर्ष माथिको डबल्समा आशिष सिग्देल र राजु क्षेत्रीको जोडीले प्रदिप शाह र उत्तम बोगटीको जोडीलाई ६–१, ६–० ले, बिमल गुरुङ्ग र हिमाल शाहको जोडीले समिर शेरचन र अनिल तुलाचनको जोडीलाई ६–३, ६–३ ले, पृथ्वी थकाली र दिनेश तुलाधरको जोडीले कुमार गुरुङ्ग र धर्म कोइरालाको जोडीलाई ६–३, ६–३ ले पराजित गरे । ५५ वर्ष माथिको एकलमा पृथ्वी थकालीले भिक्टोर राणालाई ७–५ र ६–० मा तथा समिर शेरचनले अब्दुल सहमतलाई ६–२, ६–१ को सेटमा पराजित गरे भने ५५ वर्ष माथिको डबल्समा कर्मा घले र डेनम लामाको जोडीले शान्ता श्रेष्ठ र पृथ्वीमान गुरुङ्गको जोडीलाई ६–२, ६–४ को सोझो सेटमा पराजित गर्दै अर्को चरणमा स्थान बनाए ।