माछापुच्छ्रे एफएमको साहित्यिक सांगितीक एवं स्रस्टा सम्मान कार्यक्रम

पोखरा, जेठ ५ ।

पोखराको पहिलो एफ एम, माछापुच्छ्रे एफ एम ९१ मेघाहर्जले माछापुच्छ्रे आज पोखरामा साहित्यीक, सांगितिक एवंम श्रष्ट्रा सम्मान कार्यक्रम गर्दै छ । रेडियोले आज पोखरा उद्योग वाणिज्य संघको सभाहल गैह्रापाटन पोखरामा माछापुच्छ्रे साहित्यीक, सांगितिक एवंम श्रष्ट्रा सम्मान कार्यक्रम २०७५ गर्न लागेको हो । पोखरामा शनिबार हुन लागेको कार्यक्रमको तयारी पुरा भएको रेडियोकी स्टेशन म्यानेजर रेणु थापाले जानकारी दिईन् ।

कार्यक्रममा गायिका आस्था राउत आस्था सहित पोखराको पुरानो चर्चित लेकाली व्याण्डले प्रस्तुति देखाउने छन् ।यस्तै पोखरा लगायत आसपासमा सक्रिय झण्डै १५ जना बढी साहित्यकारहरुले आफ्ना साहित्यिक रचना वचन गर्ने कार्यक्रम पनि छ ।सो कार्यक्रममा विगत ३० वर्षदेखी पोखरामा रहेर स्वास्थ्य क्षेत्रमा सेवा गर्दै आएका बरिष्ठ रेडीयोलोजिष्ट डाक्टर कालु शर्मालाई सम्मान गरिने एफएमले जनाएको छ ।

उक्त अबसरमा रेडियोका २ जना उत्कृष्ठ कर्मचारीलाई पनि सम्मान गरिने बताईएको छ । शनिबार दिउसो १ बजेबाट सुरु हुने कार्यक्रममा प्रवेश निःशू्ल्क गरिएको छ भने कार्यक्रमको माछापुच्छ्रे एफएम र गोल्डेन आई टेलिभिजनबाट प्रत्यक्ष प्रशासरण गरिने जनाईएको छ ।