माओवादी छोडेर एमाले बनेका सांसदहरुको पद गुम्ने

पोखरा, चैत १ ।
नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिएका रामबहादुर थापा बादलसहितका नेताहरुलाई कारबाही गर्ने प्रस्ताव पेश गरिएको छ । शनिबार बसेको स्थायी कमिटी बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीतिर लागेका नेताहरुलाई कारवाही प्रक्रिया अघि बढाएको थियो ।

सो बैठकले गृहमन्त्री रामबहादुर थापा, उद्योगमन्त्री लेखराज भट्ट, खानेपानी मन्त्री मणिचन्द्र थापा, सिंचाइ मन्त्री प्रभु साह, श्रम मन्त्री गौरीशंकर चौधरी र खेलकुद मन्त्री दावा लामालाई मन्त्रिपरिषबाट फिर्ता हुन निर्देशन दिँदै लिखित स्पष्टिकरण सोधेको थियो ।

थापालाई एमालेको बागमती प्रदेश इन्चार्ज बनाईएको छ । अरु नेताहरुले पनि एमालेमा भुमिका पाएका छन् । उनीहरु एमालेमै बस्ने घोषणा गरेका थिए । संविधान अनुसार निर्वाचन हुँदा निर्वाचित भएको पार्टीको आवद्धता त्यागे सांसद पद नै खारेज हुने व्यवस्था छ ।

यस्तै, बैठकमा पार्टीको नाम फेर्ने एजेण्डा प्रस्तुत गरिएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको छलफलका एजेण्डामा पार्टीको नाम फेर्ने प्रस्ताव गरिएको हो ।