महिला भलिबलमा डिफेण्डिङ च्याम्पियनको रवाफिलो जित

धन बस्नेत
पोखरा, पुस ११ ।
सर्भिसमा दुई प्वाईन्ट गुमाएको शसस्त्रले कमजोर मानिएको पुर्वाञ्चललाई सोझो सेटमा पराजित गर्दै डिफेण्डिङ च्याम्पियनको रवाफ देखाएको छ । पोखरामा मंगलबारदेखि शुरु भएको राष्ट्रिय खेलकुद परिषद (राखेप) च्याम्पियनसिप महिला भलिबल तर्फ शसस्त्रले पुर्वाञ्चललाई २५–२ को स्थितिमा लिएको थियो । पहिलो सेटमा नेपालकै शीर्ष बरियताको सेटर सरस्वती चौधरीको लगातार सर्भिसमा शसस्त्रले अंक जोडेको थियो । दोस्रो सेट २५–४ र तेस्रो सेट २५–७ को ले लिदैं दोस्रो चरण प्रवेश गर्न खासै मेहनत गर्न परेन् । उता पुरुष तर्फ डिफेण्डिङ च्याम्पियन नेपाली सेनाको त्रिभुवन आर्मीले पुर्वाञ्चललाई नै पराजित ग¥यो । २५–२०, २५–१९ र ,२५–१४ ले पन्छाउँदै दोस्रो चरणको सहज यात्रा तय ग¥यो । अर्को खेलमा शसस्त्र प्रहरी बलको एपीएफले पनि सुदुर पश्चिमको चुनौतिलाई २५–१६,२५–१७ र ,२५–१३ को सेटमा पराजित गर्दै दोस्रो चरणमा उपस्थिति देखायो ।
राखेपको आयोजना, नेपाल भलिबल संघको व्यवस्थापन तथा पश्च्मिाञ्चल क्षेत्रीय भलिबल संघको संयोजनमा आयोजित प्रतियोगितामा प्रथम हुने महिला तथा पुरुष टोलीले नगद ५० हजार र उपविजेताले ३० हजार तथा तेस्रो स्थानमा रहने टोलीको भाग्यमा २० हजार रुपैयाँ नगदसहितका पुरस्कार पाउने छन् । उत्कृृष्ठ खेलाडी, बेष्ट अफ फाईभलाई पनि पुरस्कृत गरिने छ । सन २००१८ माअ आयोजना हुने १७ औं एशियाली खेलकुद तथा सन २०१९ को आयोजना हुने दक्षिण एशियाली खेलकुद प्रतियोगिताको पुर्व तयारीको लागि आयोजित प्रतियोगितामा पाँच विकास क्षेत्र र तीन विभागीय टोलीको सहभागिता रहेको छ । प्रतियोगिताबाट महिला तथा पुरुष राष्ट्रिय टोलीको लागि खेलाडी छनोट गरी बन्द प्रशिक्षण राखी १२ जना खेलाडी छनोट गरिने नेपाल भलिबल संघका उपाध्यक्ष यामबहादुर गुरुङले बताए । प्रतियोगिताको उदघाटन भने खेलकुद मन्त्री राजन केसीले गरेका हुन् ।