महिला कबड्डीमा नेपालको विजयी सुरुआत, बंगलादेशमाथि ऐतिहासिक जित

 

काठमाडौं, मंसिर १८ ।

१३औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत् महिला कबड्डीतर्फको खेलमा नेपालले विजयी सुरुआत गरेको छ ।

नेपालले ऐतिहासिक जित हासिल गर्नेक्रममा बंगलादेशलाई पराजित गरेको हो ।

बुधबार बिहान हलचोकस्थित सशस्त्र प्रहरी बलको मुख्यालयमा भएको खेलमा नेपालले बंगलादेशलाई ३६–२५ ले हरायो । अनुजा राईले सर्वा्धिक ८ स्कोर गरिन् ।

नेपालले पछिल्लो २० वर्षमा पहिलोपटक बंगलादेशलाई हराएको हो । यो जितसँगै नेपालको कम्तीमा कास्यपदक पक्का भएको छ ।
(ईमेजखबरबाट साभार)