महिलाको योनि र अनुहार किन सबैभन्दा असुरक्षित ?

दीपा तिमिल्सीना
काठमाण्डौं, असोज १२ ।
कुरा गर्न हिजोआज विषय चाहिँदैन, जहाबाट सुरु गरे पनि बलात्कारको विषय आइहाल्छ । समान पेशामा भएका एक पूर्व सहकर्मीसँग व्यक्तिगत भलाकुसारी र समसामयिक विषयमा कुरा हुँदै थियो । उनले बीचमै सोधे, ‘तपाईँको मनमा डर छैन ?’

अपर्झट आएको यो प्रश्नले केहीबेर अक्क न बक्क भएँ ।

उनलाई जवाफ दिन सजिलो थिएन । तर म चुप लाग्दा उनले जवाफ पाए । तर डर चाहिँ हिजो पनि थियो, आज पनि छ र यस्तै रहने छ सायद भविष्यमा पनि ।

रातभर निदाउन नसक्नु, अनेक अनेक तर्कना आउनु सायद त्यही डर थियो । बिहान बच्चा छोडेर कार्यालय आउँदा मन अमिलिनु पनि त्यही डर थियो । स्कुल बिदा भएको दिन १२ बजेको ‘नेपाल खबर’प्रस्तुत गरेर हतार–हतार छोरीको स्कूल दौडनुको पछाडि पनि डर नै थियो सायद ।

जब छोरीले स्कुल जान्न भन्छिन्, एकतमासको हुन्छ मन । मनमा अनेक तरंग, तर्कना र भाव उब्जिन्छन् । अनि मन उकुसमुकुस हुन्छ । तर यो उकुसमुकुस गृहमन्त्रीले झन बढाइदिएका छन् । संसदको राज्य व्यवस्था समितिमा गृहमन्त्रीले पूँजीवादका कारण बलात्कार बढेको ओठे जवाफ दिएपछि फुकाउन खोज्दा मनमा झन् ठूलो गाँठो पर्न थालेको छ । त्यसमाथि हिजो छोरीले स्कुल जान मन गरिन । छोरीसित कुरा गर्न थाल्छु ।

‘तिमीलाई आज म्यामले छोरी भन्नु भएन हो ?’,
‘होइन ।’
‘अनि के त साथीभाइले जिस्काए ?’
‘होइन ।’
अनि खाजा पो खोसिदिए जस्तो छ ?
‘होइन के ।’

लायक छैनौ ।

पूरा पढ्नुस्