महायज्ञको तयारी पुरा

 

हेमजा, माघ ९ ।

अन्नपूर्ण–३, पाउँदुर, धारापानी स्थित शिवालय मन्दिरको सर्वाङर्गिण विकासका लागि यहि माघ १० गतेदेखि १८ गतेसम्म हुन लागेको शिवमहापुराण धनधाञ्यान्चल महायज्ञको तयारी पुरा भएको छ ।

यज्ञको गण्डकी प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री विकास लम्सालले उद्घाटन गर्ने कार्यक्रम छ । उद्घाटनको दिन शुक्रवार बिहान साढे ८ बजे स्थानीय काँडे बजारबाट शोभायात्रा सुरु हुने यज्ञ मूल आयोजक समितिका महासचिव हरीप्रसाद शर्माले जानकारी दिए । सो यात्रा पाउँदुरकोट, पत्थर, लक्ष्मी देउराली, क्याम्पस गेट, रयाले हुँदै यज्ञ स्थल प्रवेश गर्नेछ ।

यज्ञको तयारी अन्र्तगत पत्थर, लक्ष्मी देउराली, क्याम्पस गेट, पाउँदुर घुम्ती लगायतका स्थानमा प्रवेशद्वारको निर्माण भइसकेको छ । त्यस्तै बिहीवार बिहान साढे १० बजेदेखि काँडे बजारबाट मोटरसाइकल ¥याली निकाल्ने तयारी पनि भएको छ । त्यस्तै बिहीवारै यज्ञको पुर्वाङ पनि गरिदै छ ।

यज्ञ अन्र्तगत शिवमहापुराणको कथा प्रवचन, रुद्राभिषेक, हवन, धनधाञ्यान्चल, तुलादान, वेद पाठपारायण, सामुहिक ब्रतबन्ध, चण्डिपाठ लगायतका कार्यक्रम गरिने छ ।यज्ञको भागवत् भाष्कर प. कमलनयन गौतम मुख्य वाचक रहेका छन् ।

यज्ञ मार्फत संकलित रकमबाट मन्दिरको पुननिर्माण गर्ने, नियमित पुजाका लागि अक्षयकोष स्थापना गर्ने, बहुउद्देश्यीय धर्मशाला बनाउने, अन्नपूर्ण माताको मन्दिर निर्माण गर्ने, मूल प्रवेशद्वार बनाई मन्दिर परिषरमा पक्की पर्खाल लगाउने तथा पर्यटन वर्ष २०२० लाई सघाउँदै धार्मिक पर्यटनका टेवा पु¥याएने लक्ष्य राखिएको मूल आयोजक समितिका अध्यक्ष रामचन्द्र पौडेलले बताए ।