महानगरको चुनावचिन्हः उम्मेद्वार नहुने दलको चिन्ह पनि नहुने

पोखरा, बैशाख १० ।
निर्वाचन आयोगले महानगरको मतपत्र उम्मेद्वारका आधारमा बनाउने भएको छ । उम्मेद्वारहरुको अन्तिम नामावली प्रकाशन भैसकेपछि मात्रै मतपत्र छापिने आयोगले जनाएको छ ।

उम्मेद्वारी रहेको चुनाव चिन्ह मात्रै राखेर अरुलाई हटाउने गरी मतपत्र तयार गरिने प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले जानकारी दिए । ६ वडा महानगरपालिका र भक्तपुरका ४ नगरपालिकाको मतपत्र उम्मेद्वारको अन्तिम सुची प्रकाशन भएपछि छापिने उनले बताए ।