महानगरको अस्पताललाई थापाले दिए निशुल्क एम्बुलेन्स

पोखरा, जेठ ७ ।
कास्कीको लेखनाथमा सञ्चालनमा आउन लागेको कोभिड अस्पतालका लागि फोर्स मोटर्सले निशुल्क एम्बुलेन्स सहयोग गरेको छ । कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम र पोखरा महानगरका मेयर मानबहादुर जिसीलाई प्रालिका अध्यक्ष ध्रुवबहादुर थापा र निर्देशक मिलन थापाले फोर्स जिप हस्तान्तरण गरेका हुन् ।

यस अगाडि थापाले २ वटा जीप नेपाली काँग्रेस कास्की र एउटा जीप पोखरा जेसिजलाई एम्बुलेन्सका रुपमा प्रयोग गर्न हस्तान्तरण गरिसकेका छन् । लायन्स क्लब्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि १ नेपाल र पोखरा महानगरपालिकाले लेखनाथमा कोभिड अस्पताल सन्चालन गर्दै छन् ।

कोभिड महामारीको समयमा बिरामीलाई हस्पिटलसम्म पुर्याउने सेवा निःशुल्क प्रदान गर्न जिस सहयोग गरिएको अध्यक्ष थापाले बताए । ‘कोभिड अवधिभर प्रयोग गर्ने गरी प्रालिका तर्फबाट एम्बुलेन्स सहयोग गरिएको हो,’ उनले भने ।