महरा प्रकरणः २४ घण्टामा के–के भए ?

काठमाण्डौं, असोज १५ ।
यौन दुर्व्यवहार प्रकरणमा मुछिएका सभामुख कृष्ण बहादुर महराले मंगलबार सभामुख पदबाट राजीनामा दिए । संसद सचिवालयकी महिला कर्मचारीले आफूलाई महराले यौन दुर्व्यवहार गरेको आरोप लगाएपछि उनले मंगलबार नैतिकताको आधारमा राजीनामा दिएका थिए ।

२४ घण्टामा के–के भए ?

आइतबार राति ९ः३० बजे पीडितद्वारा १०० मा फोन

राति ९ः१९ बजे महानगरीय प्रहरी बृत्त वानेश्वरको टोली घटनास्थलमा

सोमबार बिहान ७ बजे गृहमन्त्री रामबहादुर थापा र आईजीपी सर्वेन्द्र खनालबीच छलफल

साँझ ७ः३० बजे पीडितको आरोप अनलाइनद्वारा सार्वजनिक

मंगलबार ७ बजे नाराणकाजी श्रेष्ठ र महराबीच महरा निवासमा भेट

बिहान ८ बजे प्रचण्ड र महराबीच भेटवार्ता

बिहान ९ः ३० बजे प्रहरी परिसर काठमाडौंको टोलीद्वारा प्रमाण संकलन, पीडितसँग छलफल

डीएसपी कृष्णबहादुर चन्द्रको नेतृत्वमा अनौपचारिक अनुसन्धान सुरु

बिहान १० बजे प्रधानमन्त्री केपी ओली र प्रचण्डबीच भेट

बिहान ११ बजे नेकपा सचिवालय बैठक, राजीनामा दिन सुझाव

दिउँसो १ः१० बजे महराद्वारा राजीनामा

दिउँसो २ः१५ बजे गृहमन्त्री आईजीपी भेट

साँझ ७ः५ पीडित भनिएकी महिलाको बयान फेरियो

–कान्तिपुरबाट