महरा पुर्पक्षका लागि जेल चलान

काठमाण्डौं, कार्तिक १८ ।
संसद सचिवालयकी एक महिला कर्मचारीमाथि बलात्कार प्रयास गरेको आरोप लागेका निवर्तमान सभामुख कृष्ण बहादुर महरालाई जिल्ला अदालत काठमाडौंँले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।

अदालतले उनलाई डिल्लीबजार कारागारको थुनामा राख्न आदेश दिएको स्रेस्तेदार आनन्द श्रेष्ठले बताए । सोमबार जिल्ला न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले उनलाई थुनामै राखेर मुद्दा अघि बढाउन आदेश गरेको हो ।

तत्काल प्राप्त प्रमाण हेर्दा महरालाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने देखिएको पाण्डेको इजलासले निष्कर्ष निकालेको स्रेस्तेदार श्रेष्ठले बताए ।