महरा काण्डमा मुछिएपछि श्रीमानले दिए रोशनी शाहीलाई डिभोर्स

काठमाण्डौं, असोज १६ ।
तत्कालिन सभामुख कृष्ण बहादुर महरा र रोशनी शाहीको सम्बन्धको विषय बाहिरिएपछि रोशनीका श्रीमानले आफू र श्रीमती छुट्टाछुट्टै बस्ने निर्णय गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुक मार्फत रोशनीका श्रीमान चित्रजंग शाहीले केहि समयअघि आफूहरु खुसीका साथ अगल अलग बस्ने निर्णय गरेको कुरा फेसबुक स्टाटसमा लेखेका छन् ।

उनले लेखेका छन् ‘प्रीय जनहरु थुप्रै उताडचढावका बीच हाम्रा साथ साथ २८ वर्ष दिनहरु बिते । समयको गतिसँगै असहमति असन्तुष्टि आउँदा रहेछन् । तथापि खुसी साथ अगल अगल बस्ने निर्णय गरेका छौं । कानुनी प्रक्रियाको निरन्तरताका साथ।’