महराको हठ–दाङ राजधानी नभए ६ जिल्लाको छुट्टै प्रदेश

तुलसीपुर, पुस ९ ।
उपप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले तीन तहको निर्वाचनले राजनीतिक संक्रमणकालको अन्त्य भएको बताएका छन् । नेपाल पत्रकार महासंघ, दाङले उनको सम्मानमा आयोजना गरेको बधाई ज्ञापन कार्यक्रममा उनले सो कुरा बताए । मुलुकलाई सबै समस्याबाट मुक्त गर्दै संमृद्धितर्फ लैजानका लागि सबै दलहरु थप जिम्मेवार हुनुपर्ने उनको धारणा छ ।
उनले अबको तीन हप्तामा नयाँ सरकार गठन हुने र त्यो सरकारले मुलुकलाई समृद्धिको दिशामा लैजाने बताए । उनले दाङलाई प्रदेश नं ५ को राजधानी बनाउन सम्भव नभए अहिलेको रुकुम, रोल्पा, प्यूठान, दाङ, बाँके र बर्दियाको छुट्टै प्रदेश बनाएर दाङलाई राजधानी बनाउन सकिने र यस विषयमा राजनीतिक नेतृत्वसँग छलफल भइरहेको बताए ।