मर्दी खानेपानी आयोजना सुरु गर्ने सरकारको निर्णय, पोखरेलीलाई सहज हुने

पोखरा, असोज २३ ।
नेपाल खानेपानी संस्थानले जापान अन्तराष्ट्रिय सहयोग नियोग (जाइका) को सहयोगमा पोखराको मर्दी खोलाको पानीलाई प्रशोधन गरी वितरण गर्ने तयारी गरेको छ । जाइकाको चार अर्ब ८० करोडको लागतमा आयोजना तयार गर्न लागिएको हो ।

खानेपानीमन्त्री बीना मगरको अध्यक्षतामा आज बसेको समीक्षा बैठकमा संस्थानले पोखरा र आसपासका क्षेत्रका लागि खानेपानीको सहज वितरण गर्न सो आयोजनाको निर्माण शुरु गर्ने जानकारी दिएको छ ।

आयोजना निर्माण भएपछि पोखरा र आसपासका क्षेत्रका बासिन्दाले स्वच्छ खानेपानी उपभोग गर्न पाउनेछन् । काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डले पहिलोपटक काठमाडौँमा ‘वाटर एटिएम’ सञ्चालन गर्ने तयारी गरेको छ ।

लामो समयदेखि पोखरेलीले लेदो पानी पिउन बाध्य छन् । आयोजना पूरा भएपछि शुद्ध पानी पिउन पाउने अपेक्षा पोखरेलीको छ ।