मन्त्रीबाट हटाइएका सुदुरपश्चिमका सांसद सोडारी पार्टीबाट पनि निष्काशित

धनगढी, कार्तिक २७ ।
सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रीबाट हटाइएका दीर्घ बहादुर सोडारीलाई सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासित गरेको छ ।

पदमा रहँदा आचरण विपरित काम गरेको भन्दै नेकपाले सोडारीलाई सरकारबाट फिर्ता बोलाउने निर्णय गरेको थियो । सोडारीको ठाउँमा मंगलवार कृष्ण राज सुवेदीले सामाजिक विकास मन्त्रीको शपथ ग्रहण गरिसकेका छन् ।

मंगलवार बसेको नेकपा सुदूरपश्चिम प्रदेश कमिटीको बैठकले सोडारीलाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्काशन गर्ने निर्णय गरेको हो । नेकपा सुदूरपश्चिम प्रदेश कमिटीका अध्यक्ष कर्ण थापाको अध्यक्षमा बसेको बैठकले सोडारीलाई पार्टीबाट निष्काशन गर्ने निर्णय गरेको हो ।

सोडारीले पदमा रहँदा गरेका कार्यले सुदूरपश्चिम प्रदेश सरकार र नेकपाको बद्नाम भएको भन्दै पार्टीबाट निष्काशन गर्ने निर्णय गरिएको नेताहरुको भनाइ छ । सोडारी गतवर्ष सम्पन्न प्रदेशसभा सदस्य निर्वाचनमा कैलाली क्षेत्र नम्बर ४ को (क)बाट निर्वा्चित भएका थिए ।