मन्त्रिमण्डल विस्तार, दोश्रो बरियता पोखरेललाई (को कुन मन्त्री)

काठमाण्डौं, फागुन १४ ।
एमाले महासचिव ईश्वर पोखरेलले रक्षामन्त्रीको जिम्मेवारी पाएका छन्। प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीले महासविच पोखरेललाई रक्षामन्त्रीको जिम्मेवारी दिँदै सरकार विस्तार गरेका छन् । अर्थमन्त्रीमा दाबेदारिता प्रस्तुत गर्दै आएका पोखरेल अन्तिम समय रक्षामन्त्रीमा चित्त बुझाउन बाध्य भएका छन् । प्रधानमन्त्री ओलीले अर्थविद् तथा पूर्व गभर्नर युवराज खतिवडालाई अर्थमन्त्री बनाउने अडान राखेपछि पोखरेलले रक्षा मन्त्रालय रोजेका हुन् । स्रोतका अनुसार पोखरेललाई प्रधानमन्त्रीपछि दोस्रो वरीयतामा राख्ने सर्तसहित सरकारमा सहभागी गराइएको छ ।
काठमाडौं क्षेत्र नं ५ बाट सांसद बनेका पोखरेलले सरकारको प्रभावशाली मन्त्रालयको रुपमा रहेको अर्थ सम्हाल्ने इच्छा राखेका थिए । विकास र समृद्धिको नारासहित नयाँ सरकारको नेतृत्व गरेका ओलीले सो मन्त्रालयमा अर्थका जानकार खतिवडालाई अर्थ मन्त्रालयको जिम्मेवारी सुम्पिएका हुन् ।