मन्त्रिबारे टुंगो लगाउन नेकपा सचिवालय बैठक बोलाइयो

काठमाण्डौं, मंसिर ४ ।
नयाँ मन्त्री चयनबारे छलफल गर्न नेकपा सचिवालय बैठक बुधबार बिहान बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान बैठक बोलाइएको नेकपा कार्यालय सचिव ईश्वरी रिजालले जानकारी दिए ।

बैठकमा एकता बाँकी काम पूरा गर्ने विषयमा पनि छलफल हुनेछ । एकताको अधिकांश काम सकिए पनि केही कमिटीको मात्र बाँकी रहेका छन् ।

पार्टी एकता भएको डेढ वर्ष बिते पनि एकताको काम अझै सकिएको छैन आइतबार सचिवालय बैठकले प्रवास समन्वय कमिटी गठन गरेको थियो ।