मन्टेश्वरीको ब्यवस्थापनमा महानगरको चासो

पोखरा, पुस २३ ।
पोखरा लेखनाथ महानगरपालिका र मन्टेश्वरी एशोसियन कास्कीको आयोजनामा मन्टेश्वरी शिक्षा तथा शिक्षण संस्था बारे अन्तरक्रिया गरिएको छ । महानगरपालिकाको सभाहलमा भएको कार्यक्रममा पोखराभित्र भएका मन्टेश्वरीको अवस्था र आगामी कार्यदिशाबारे छलफल भएको छ . कार्यक्रमका सहभागीह?ले मन्टेश्वरी अत्यावश्यक भएको भन्दै त्यसको ब्यवस्थापन महानगरपालिकाले गर्नुपर्ने सुझाव दिएका छन् । महानगरपालिकाका मेयर मानबहादुर जिसीले बर्तमान अबस्थामा मन्टेश्वरीको आवश्यकता बढ्दै गएको भन्दै मन्टेश्वरीभित्र हुने अवैधानिक गतिविधि रोकेर ब्यवस्थित रुपमा सञ्चालनका लागि मन्टेश्वरी नीति परिमार्जन गरेर कार्यान्वयन गर्ने प्रतिबद्धता जनाए । उनले स्कुलले पनि मन्टेश्वरी चलाईरहेको भन्दै अव यसलाई छुट्टै अवधारणाबाट अगाडी बढाउनुपर्ने बताए । कार्यक्रममा विश्व युधिर पौडेल घर्ति र मिलन केसीले मन्टेश्वरी अवधारणाबारे छुट्टा छुट्टै प्रश्तुती राखेका थिए । महानगरका वडाध्यक्षहरुले मन्टेश्वरीको ब्यवस्थाबारे खासै जानकारी नभएको भन्दै कार्यक्रमले सचेत बनाएको बताए ।
उनीहरुले महानगरको छुट्टै शिक्षा पद्धती विकास गर्ने र अलग अलग हिसावले सबै तहलाई सम्बोधन गर्न पहल गर्ने बताए । महानगरका कार्यकारी अधिकृत दीर्घनारायण पौडेलले मन्टेश्वरी सञ्चालनका लागि आवश्यक निर्देशिका बनाउने तयारीमा रहेको र आगामी दिनमा चाँडै नै निर्देशिका बनाइसक्ने प्रतिबद्धता जनाए । सामाजिक महाशाखा प्रमुख ओमराज पौडेलले स्थानिय स्वायत्त ऐन अनुसार नियमन गरी दर्ता गरिएको भएपनि बिगत तीन बर्षदेखि मन्टेश्री दर्ता प्रक्रिया बन्द गरिएको बताए । मन्टेश्वरी शिक्षालाइ थप गुणस्तरिय बनाउनका लागि प्रत्येक मन्टेश्वरी शिक्षक शिक्षा संकायमा स्नातक उत्रीर्ण गरेको हुनै पर्नेमा प्रमुख शिक्षा विभागिय उप सचिव सन्तमणि आचार्यले जोड दिए ।
कार्यक्रममा बरिष्ठ पत्रकार नारायण कार्की, रेडियो जननीका सचिव हसिना बस्नेत, बाल संरक्षण श्रोत ब्यक्ति बद्री वाग्ले, पोलेमनपा वडा नं ६ का वडा अध्यक्ष जगत बहादुर पहारी, वडा नम्बर १५ का वडा अध्यक्ष प्रकाश पौडेल, वडा ४ का वडा अध्यक्ष शंकर बास्तोला लगाएतले वालवालिकाको गुणस्तरीय शिक्षा र ब्यक्तित्व विकासका लागि पनि मन्टेश्वरी आवश्यक भएको बताए । कार्यक्रमकी सहजकर्ता पत्रकार महासंघ कास्कीकी उपाध्यक्ष एवं रेडियो जननी की स्टेशन म्यानेजर बिमला भण्डारीले मन्टेश्वरीमा सबै बर्गको पहुँच हुनुपर्ने भन्दै गुणस्तरियतामा पनि ध्यान दिनुपर्ने बताईन् । मन्टेश्वरी एशोसियन कास्कीकी अध्यक्ष तथा कार्यक्रमका सभापति अरुना शेरचनले करिब ५० करोड लगानी र करिब १० हजार बालबालिकालाई स्याहार सुसार देखि अध्ययन तथा सिकाइमा प्रत्यक्ष सरोकार राख्ने मन्टेश्वरी कमाउने संस्था मात्र नभएको दाबी बताईन् । महानगरपालिकासंगको सहकार्यमा भएको कार्यक्रको पहिलो चरण सचिव सोभिता कोइरालाको सञ्चालनमा भएको थियो ।