‘मनोनयन दर्तापछि झनै उत्साह बढ्यो’

पोखरा, भदौ १८ ।
पोखरा उद्योग वाणिज्य संघको नेतृत्वका लागि अर्जुन पोखरेल प्यानलले शुक्रबार मनोनयन दर्ता गरेको छ । ३४ औं महाधिवेसनका लागि पोखरेलले सबै पदमा उम्मेद्वार तयार गरेका छन् । उम्मेद्वारी औपचारिक रुपमा दर्ता गरेपछि अभियानमा झनै उत्साह थपिएको प्यानलका उम्मेद्वारहरु बताउँछन् । ‘पहिले सहायक पदका लागि उम्मेद्वारी दिएर चुनावमा होमिएको थिएँ । अहिले नेतृत्वका लागि तयारी गरेको छु,’ अध्यक्षका उम्मेद्वार पोखरेलले भने, ‘टीम लिएर मनोनयन दर्ता गरेपछि उत्साह बढेको छ । चुनाव जित्ने विश्वास थपिएको छ ।’ गण्डकी क्षेत्रकै जेठो सामाजिक संस्थाको नेतृत्वमा दावी गर्दा उर्जा मिलेको उनले सुनाए ।

‘मतदाता भेट्छु, उर्जा मिल्छ । २०११ सालदेखि अग्रजहरुले जोगाएको विरासत कायम गर्दै आफ्नो तर्फबाट अझ नयाँ काम गर्ने अठोट लिएको छु,’ उनले अघि भने, ‘पोखरा उद्योग वाणिज्य संघलाई नयाँ उचाईमा पु¥याउने विश्वास लिएको छु । विगतका चुनाव भन्दा मेरा लागि विल्कुल फरक अनुभव भैरहेको छ ।’ उनको प्यानलबाट बरिष्ठ उपाध्यक्षमा हरिहर सापकोटा, उद्योग उपाध्यक्षमा देवेन्द्र केसी, वाणिज्य उपाध्यक्षमा कुमारी मुना बास्तोला, महासचिवमा केशव बहादुर खत्री, कोषाध्यक्षमा हरिराज पन्त र उपमहासचिवमा हर्क बहादुर अधिकारी (मिरज) ले उम्मेद्वारी दर्ता गराएका छन् । यस्तै, सदस्यहरुमा भरत केसी, कृष्ण प्रसाद कोइराला, धर्मेन्द्र कुमार बाटाजु, माधव बस्ताकोटी, उदय बहादुर केसी (लाहुरे दाइ), दिलिप कुमार श्रेष्ठ, दुर्गा रन्जित श्रेष्ठ र हिमनिधि लौडारीले उम्मेद्वारी दर्ता गराए ।

महेन्द्रपुल स्थित सचिवालयबाट ब्यानर र ¥याली सहित उद्योग वाणिज्य संघ गएको थियो । ¥यालीमा पोखराका उद्योगी व्यावसायीको पनि साथ थियो । उम्मेद्वारी दर्तापछि पोखरेल प्यानल पुनः घरदैलोमै मतदाता भेट्न पुगेका छन् । शुक्रबार विहान पृथ्वीचोक क्षेत्रमा घरदैलो गरेको टोलीले साँझ लेकसाइडमा घरदैलो गरेको हो । चुनावको मिति नजिकिएकोले मतदातालाई भेटेरै गुनासो सुन्ने र मत माग्ने काममा ब्यस्त भएको बरिष्ठ उपाध्यक्ष उम्मेद्वार सापकोटाले बताए । ‘अब केही दिन छ । सकेसम्म धेरै मतादाता भेटेर आफ्ना एजेण्डा सुनाउनुपर्ने छ,’ उनले भने, ‘प्रत्यक्ष रुपमै भेटेर मत माग्दा उनीहरुको समस्या पनि सुन्न पाइन्छ । भोली संघमा पुगेपछि उद्योगी व्यवसायीकै समस्या समाधान गर्न लाग्नुपर्छ ।’

 

उद्योग तर्फका उपाध्यक्ष उम्मेद्वार देवेन्द्र केसीले पोखरेली उद्योगी व्यावसायी कै हक हित र समस्यामा आफ्नो समूह नजिक भएर काम गर्ने बताए । ‘अहिले प्रतिश्पर्धाको मोर्चामा छौं । जितेपछि काम गर्ने उद्योगी व्यवसायीकै लागि हो,’ उनी भन्छन्, ‘सामाजिक संस्थामा समाजसेवाको काम नै गर्न आउने हो । चुनावमा गरिएका प्रतिबद्धता पूरा गर्न लागि पर्छौं ।’ वाणिज्य तर्फकी उपाध्यक्ष कुमारी मुना बास्तोलाले पदाधिकारी तहमा महिला नेतृत्वको खाँचो रहेकोले आफुले उम्मेद्वारी दिएको बताइन् । ‘अधिकांश चुनावमा महिला पदाधिकारी हुँदैनन् । मैले यो हिम्मत गरेको छु,’ उनले भनिन्, ‘म महिला मात्रै भएर होइन, पोखरेली उद्योगी व्यवसायीका साझा उम्मेद्वार भएर प्रतिश्पर्धामा छु ।’ विशेषगरी महिला उद्योगी व्यवसायीहरुको क्षमता अभिवृद्धीको लागि आफुले बढी पैरवी गर्ने उनको भनाई छ ।

महासचिवका उम्मेद्वार केशवबहादुर खत्रीले पहिलेको मनोनयन दर्ताभन्दा यो पटक बढी उत्साहपूर्ण रहेको प्रतिक्रिया दिए । ‘सबै केही गर्न सक्छु भनेर आएका साथीहरु छौं । युवाहरुको जोश छ, अनुभवीलाई पनि समेटेका छौं,’ उनले भने, ‘समावेशी हिसावले पनि हाम्रो टीम राम्रो देखिएको छ । बजारले उत्साह दिएको छ ।’ आफ्नो प्यानलले संघको गरिमा उचो राख्ने गरी संघमा काम गर्ने बताए । कोषाध्यक्ष तर्फका उम्मेद्वार हरिराज पन्त संघलाई सबैको साझा संस्था बनाउने बताउँछन् । ‘सानो लागानीबाट व्यवसाय सुरु गर्नेदेखि ठुलो लगानी गर्ने सबै व्यवसायीहरुको साझा संस्था बनाउने छौं । सबै पोखरेलीको साझा घरका रुपमा संस्थालाई स्थापित गरिने छ,’ उनले भने, ‘विजयी भएर आएपछि कुनै पनि विभेद हुन दिने छैनौं । सबैलाई समान ठानेर समस्या समाधानमा जोड दिने छौं ।’ उप महासचिव पदका उम्मेद्वार हर्क बहादुर अधिकारी ‘मिरज’ ले संघको सचिवालयलाई सुदृढीकरण गर्दै सदस्यहरुको घरमै सेवा पु¥याउने प्रणालीको विकास गर्ने बताए । उनले डिजिटल सेवालाई प्रोत्साहन गर्ने बताएका छन् ।