मनकामना केवलकारको भाडा ५ प्रतिशतले बढ्यो, भाडा बढेकोमा स्थानीय तह असन्तुष्ट

 

गोरखा, भदौ ३ ।

गोरखाको मनकामना मन्दिर जाने केवलकारको भाडा बढेको छ । मनकामना दर्शन प्रालिले भदौ १ गतेदेखि लागू हुने गरी ५ प्रतिशत भाडा बढाएको हो ।

यसअघि चितवनको कुरिनटारदेखि मनकामना मन्दिरसम्मको केवलकारको दुईतर्फी भाडा ६ सय ४० रुपैयाँ रहेकोमा बढाएर ६ सय ७५ रुपैयाँ र्पुयाइएको छ ।

एकतर्फी यात्राको भाडा भने १० रुपैयाँ वृद्धि गरेर ३ सय ९५ रुपैयाँ र्पुयाइएको छ । कम्पनीको सञ्चालक समितिको बैठकले भाडा बढाउने निर्णय गरेको मनकामना दर्शन प्रालिका नायव महाप्रबन्धक डिल्लीनारायण कायस्थले बताए ।

स्थानीय तहलाई तिर्नुपर्ने कर बढेकाले भाडा बढाइएको उनको भनाइ छ । केवलकारको तल्लो स्टेशन चितवनको इच्छाकामना गाउँपालिकामा र माथिल्लो स्टेशन गोरखाको शहीद लखन थापा गाउँपालिकामा छ । कम्पनीले दुबै स्थानीय तहलाई प्रति टिकट एक प्रतिशत कर तिर्नुपर्ने भएकाले मूल्य बढाएको बताएको छ ।

‘दुई स्थानीय तहलाई बिक्री भएको टिकट मूल्यको १र१ प्रतिशत कर बुझाउनुपर्ने भयो फेरि कर्मचारीको तलब पनि २० प्रतिशतले वृद्धि गरेका छौं, त्यसैले भाडा बढाएका हौ,’ उनले भने ।

स्थानीय तह असन्तुष्ट

केवलुकारको भाडा बढेकामा स्थानीय तहले भने असन्तुष्टि व्यक्त गरेका छन् । स्थानीय सरकार गठन हुनुअघि कम्पनीले गोरखा र चितवनको साविक जिल्ला विकास समितिलाई कर तिर्दै आएको थियो । अहिले सो कर स्थानीय तहलाई तिर्नुपर्ने भएकाले भाडा बढाउनु आवश्यक नभएको शहीद लखन गाउँपालिका अध्यक्ष रमेश थापा मगरले बताए ।

‘संघीयताअघि पनि केवलकारले चितवन र गोरखाको जिल्ला विकास समितिलाई १–१ प्रतिशत कर बुझाउनैपथ्र्याे,’ उनले भने, ‘त्यही कर अहिले स्थानीय तहमा बुझाउने हो, अनि किन भाडा बढाउनुर्पयो ?’

इच्छाकामना गाउँपालिकाकी अध्यक्ष गीताकुमारी गुरुङले केवलकारले अघिल्लो वर्ष कर नतिरेको र यस वर्ष कर तिर्न भन्दै भाडा बढाउनु उचित नभएको बताइन् ।
(अनलाइनखबरबाट साभार)