मणिपाल आन्दोलन लाठीचार्जबाट ३ कर्मचारी घाइते (फोटो फिचर)

पोखरा, चैत १९ ।
पोखराको मनिपाल शिक्षण अस्पतालमा कर्मचारीको आन्दोलनमा प्रहरीको लाठीचार्जबाट ३ कर्मचारी घाइते भएका छन्। घाइते हुनेहरुमा राजबहादुर घर्ती कर्णबहादुर के.सी. र अमर गुरुङ हुन्। उनिहरुलाई घाँटी तथा टाउकोमा चोट लागेको छ।
दर्जन भन्दा बढी कर्मचारीलाई पक्राउ गरिएको छ। यतिबेला मणिपाल शिक्षण अस्पताल तनाबग्रस्त बनेको छ।