मच्छिन्द्रनाथको रथ महिलाले मात्र तानेर इतिटोल पु¥याए

काठमाडौं, वैशाख १५ ।

रातो मच्छिन्द्रनाथको रथ महिलाले मात्र तानेर लगनखेलको इतिटोलमा र्पुयाएका छन् । हरेक वर्ष नरीवल खसाल्ने जात्राको भोलीपल्ट बिहान महिलाले मात्र रथ तान्ने परम्पराअर्थात याक मिसाया भुज्या अनुसार शनिबार विहान साढे ६ बजेतिर महिलाले मात्र रथ तानेर इतिटोल पुर्याएका हुन् । शुक्रबार नरिवल खसाल्ने जात्रा गरिएको थियो । यसैबीच, रातो मच्छिन्द्रनाथको कुलेदवीको पूजा आँउदो जेठ २० गते गरिने भएको छ । शुक्रबार नरिवल खसाल्ने जात्राको दिन बाराही गुथियार, गुथि संस्थानका प्रतिनिधिसहितको टोलीले कूलदेवीको पूजाको साइत जेठ २० गतेको लागि निकालेको बाराही नाइके दिलकुमार बाराहीले जानकारी दिनुभयो ।

मच्छिन्द्रनाथको कुलदेवी भनेर गाबहालमा रहेको पूर्णचण्डीलाई ४ दिनसम्म पूजा गरिन्छ । कुलदेवीको पुजाको दिन रथलाई लगनखेलबाट जावलाखेल तान्ने साइत हेरिनेछ । रथ जावलाखेलमा पुर्याएको चार दिनमा भोटो देखाउने परम्परा छ । भोटो जात्रापछि रातो मच्छिन्द्रनाथलाई खटमा राखेर बुंगमती र मीननाथलाई टंगल लगिनेछ । त्यससँगै यसवर्षको रातो मच्छिन्द्रनाथको रथजात्रा सकिनेछ ।