मकवानपुरमा ५६ जना उम्मेदवारको धरौटी जफत

हेटौडा, मंसिर २८ ।

मकवानपुरमा प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि गरी स्वतन्त्र र १७ राजनीतिक दलकासहित ६८ जना चुनावी प्रतिस्पर्धामा रहेकोमा ५६ जना उम्मेदवारको मात्र धरौटी जफत भएको छ । निर्वाचनमा खसेको सदर मतको १० प्रतिशतभन्दा कम मत प्राप्त गरेपछि नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा (माओवादी) केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टी बाहेकका उम्मेदवारहरुको धरौटी जफत भएको हो । मकवानपुरमा राष्ट्रिय जनमुक्ति पार्टी, राष्ट्रिय जनमोर्चा, संघीय समाजवादी फोरम नेपाल, देशभक्त जनगणतान्त्रिक मोर्चा, नयाँ शक्ति पार्टी, विवेकशील साझा पार्टी, नेपाल मजदुर किसान पार्टी, नेकपा मालेलगायतका पार्टीहरुले चुनावमा सहभागी भएका थिए । यस जिल्लामा कुल मतदाता संख्या दुई लाख ५५ हजार ६०३ रहेको छ ।