भ्रष्टाचार नियन्त्रण देशकै लागि चुनौती : दाहाल

 

जनकपुर, भदौ ३ ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले भ्रष्टाचार नियन्त्रण देशकै लागि चुनौतीको विषय रहेको बताएका छन् ।

मंगलबार धनुषामा आयोजित एक कार्यक्रममा उनले उक्त कुरा बताएका हुन् ।

प्रदेश नम्बर–२ मामात्र नभइ भ्रष्टाचार देशैभरको समस्या भएको भन्दै उनले भ्रष्टाचार नियन्त्रण गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसित आफूले कुरा गरेको उल्लेख गरे ।

भ्रष्टाचार नियन्त्रणका लागि सरकार सम्पूर्ण राजनीतिक दल र प्रदेशसित सहकार्य गर्न तयार रहेको अध्यक्ष दाहालले स्पस्ट पारे ।

कार्यक्रममा प्रदेश–२ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले भ्रष्टाचारका विषयमा प्रदेश–२ लाई बदनाम गरिएको भन्दै आक्रोश पोखे । (ईमेजखबरबाट साभार)