भौतिक पूर्वाधार नै मूल्यवृद्धिको प्रमुख कारण : राष्ट्र बैंक

 

काठमाडौं, असोज १९ ।

सरकारले चालू आर्थिक वर्षको बजेटमा खर्च नियन्त्रण गर्ने योजना बनाएको छ ।

सरकारले यस वर्षको बजेटमा मूल्यवृद्धि ६ प्रतिशतमा सीमित राख्ने लक्ष्य राखेको छ ।

तर, चालू आर्थिक वर्षको पहिलो अर्थात् साउन महिनामै मूल्यवृद्धि करिब सात प्रतिशत पुगेको छ ।

साउन महिनामा मूल्यवृद्धि ६.९५ प्रतिशत भएको राष्ट्र बैंकको तथ्यांक छ । अघिल्लो वर्ष यसै अवधिमा मूल्यवृद्धि ४.१९ प्रतिशतमात्रै थियो ।

गत आर्थिक वर्षको समीक्षा अवधिको तुलनामा यस वर्ष हरेक वस्तुमा मूल्यवृद्धि भएको छ ।

उपभोक्ताहरु पनि निरन्तर मूल्यवृद्धिले असहज बनाएको बताएका छन् ।

दैनिक उपभोग्य वस्तुहरु, लत्ताकपडा, खाद्यान्न तथा तरकारीजस्ता वस्तुमा भएको महँगीले समस्या पारेको सर्वसाधारणको गुनासो छ ।

नेपाल राष्ट्र बैंकले भौतिक पूर्वाधारले मूल्यवृद्धि हुन सघाउ पुर्‍याएको जनाएको छ ।

आयातमुखी अर्थतन्त्र र नेपाली मुद्राको विनिमय दर कमजोर हुँदा मूल्यवृद्धि बढेको राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले बताए ।

सरकारले मूल्यवृद्धि नियन्त्रणतर्फ ध्यान नदिँदा चाडपर्वको बेलामा थप मूल्यवृद्धिको सामना गर्नुपरेको उपभोक्ताले बताएका छन् ।(ईमेजखबरबाट साभार)