भोली सार्वजनिक बिदा

काठमाण्डौं, पुस ९ ।
इसाई धर्मावलम्बीहरुको चाड क्रिसमसको उपलक्ष्यमा सरकारले सोमबार सार्वजनिक बिदा दिने भएको छ । एक महिनाअघिको मन्त्रीपरिषद्को निर्णयअनुसार बिदा दिन लागिएको गृह मन्त्रालयले जनाएको छ ।
एक महिनाअघि सरकारले क्रिसमस, तथा पृथ्वीनारायण जयन्तीमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । गत वर्ष क्रिसमसमा इसाई धमावलम्बीहरुलाई मात्र सार्वजनिक बिदा दिइएको थियो ।