भोलिदेखि घरबाहिर निस्कन नपाइने, सबै गाडी बन्द

पोखरा, चैत १० ।
भोलिदेखि सर्वसाधारणलाई घरबाट बाहिर निस्कनै रोक लगाईएको छ । सरकारले मंगलबारदेखि लागू हुने गरी १ साताका लागि लकडाउन घोषणा गरेको हो ।

कोरोना भाइरस (कोभिड १९)को संक्रमण भेटिए लगतै सरकारले देशलाई पूर्ण रुपमा लकडाउने गर्ने निर्णय गरेको छ । फ्रान्सबाट कतारको दोहा हुँदै चैत ४ गते नेपाल आएकी एक युवतीमा कोरोना संक्रमण भएको पुष्टि भएको थियो ।

कोरोनासम्बन्धी उच्चस्तरीय समितिको सोमबार बसेको बैठकले भोलि मंगलबार विहान ६ बजेबाट एक सातासम्म सार्वसाधारणलाई घरबाट बाहिर निस्कन रोक लगाएको हो ।

खाद्यान्न र अत्यावश्यक बस्तु ढुवानी गर्ने बाहेक अरु सवारी साधन पनि चलाउने पाइने छैन । कोरोना संक्रमण भए प्रदेश स्तरमै उपचार गर्ने ब्यवस्था मिलाउन निरन्तर पहल गरिरहेको छ ।